तामिल अभिनेता सूर्यालाई ज्यान मार्ने धम्की आएको छ l फिल्म जय भीम का कारण उनलाई ज्यान मार्ने धम्की आएको भारतीय संचारमा उल्लेख छ l फिल्मको एक सिनका कारण निकै ठुलो विवाद भएको थियो । वन्नियर समुदायका केही व्यक्तिहरूले यसका कलाकारहरूलाई पनि धम्की दिन थालेका हुन् l बारम्बार धम्की आउन थाले पछि अहिले उनको सुरक्षा बढाइएको जनाइएको छ। टिजे ग्नानाभेलको निर्देशनमा बनेको ‘जय भीम’ कठोर हिन्दु जातीय शासनको तल्लो तहमा रहेका दलितहरूमाथि गर्ने दमनका कथामा आधारित छ। फिल्ममा ठुला जातका व्यक्तिले दलितलाई गर्ने व्यवहार र अन्यायको चित्रण गर्छ। ‘जय भीम’ यसै वर्ष आएको फिल्म हो। फिल्मलाई निर्माण टिमले अमेजन प्राइममा रिलिज गरेका हुन् l