नायिका प्रियंका चोपडा र पती निक जोनसको सम्बन्धमा चिसोपना आएको खबर यती बेला सञ्जालमा छ्यापछ्याप्ती आउन थालेको छ l आउनु स्वभाबिक नै हो तर कारण भने सानो छ l निकको थर आफ्नो नाम बाट हटाएको l हालै आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टबाट आफ्नो नामबाट चोपडा र जोनस थर हटाइन् । यही कुराले पनि पनि डिभोर्स भएको भनेर आंकलन दर्शकले गरेका छन् l तर उक्त कुरा झुटो भएको उनका पती निकले सोसल मिडियामा एउटा भिडिओ सेयर गरेका छन् l जसमा प्रियंकाले कमेन्ट गर्दै सम्बन्धमा आउन लागेको दरारको खण्डन गरेकी छिन् । प्राय धेरै कलाकारहरूले डिभोर्स भएपछि सरनेम हटाउने गरेका छन् l