लायन्स क्लब इन्टरनेशनल 325 A1 अन्तर्गतका ५२ वटा क्लबहरुको सहभागिता तथा आयोजनामा “लायन्स सेन्टिनियल खुल्ला पुरातात्विक साइकल यात्रा, २०७४” आयोजना हुदैछ । लायन्स क्लबहरुले राष्ट्रिय तथा स्थानीय स्तरका विभिन्न जनमुखी एवं सामाजिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै यस कार्यक्रम “लायन्स सेन्टिनियल खुल्ला पुरातात्विक साइकल यात्रा, २०७४” को आयोजना गरिएको छ । यहि भदौ २० गते मंगलवारका दिन भृकुटीमण्डपदेखि बसन्तपुर, स्वयम्भु, शोभा भगवती, दरबार मार्ग, भाटभटेनी, कालोपुल, चावहिल, बौद्ध, गौरीघाट, पशुपतिनाथ, गौशाला, पुरानो बानेश्वर, नयाँ बानेश्वर, शंखमुल, मंगलबजार, पुलचोक, कुपन्डोल, थापाथली, माइतीघर, सिंहदरबार हुँदै भृकुटीमण्डपमा नै बिसर्जन गरिनेछ ।
“हाम्रो सम्पदा, हाम्रो गौरव” यस र्यालीको प्रमुख नारा बोकी यस कार्यक्रमले हाम्रो पौराणिक तथा धार्मिक संस्था एवं पुरातात्विक मठ मन्दिरको जर्गेना गर्नको साथै सामाजिक एवं सांस्कृतिक जनचेतनाका लागि हामी सबैको जागरुकताका साथै राष्ट्र निर्माणको सोच र तत्परताका लागि सम्पूर्ण लायन्स क्लबको संयोजकत्वमा साइकल र्याली आयोजना हुन लागेको हो । यस किसिमका कार्यक्रमहरुले जनचेतना अभिवृद्धि एवं पुनः निर्माण कार्यलाई सहयोग पुग्ने समेत अपेक्षा गरिएकोछ । गत महा भुकम्पले प्राचीन तथा पौराणिक एवं ऐतिहासिक धरोहरहरुमा पर्न गएको क्षतिलाई पुन निर्माण प्रक्रियामा लैजान र यसको जगेर्ना गर्नका लागि लायन्स क्लब लगायत हामी सबैको नैतिक जिम्मेबारी महसुस गरी यस कार्यक्रम आयोजन गर्न लागिएको हो ।
विश्वका धेरै जसो ठुला ठुला शहरहरु र महानगरपालिकाहरुमा साईकल सिटीलाई वातावरण मैत्रीका रुपमा लिदै आएकोमा हाम्रो जस्तो विकाशोन्मुख देशमा साईकल दुर्घटना र प्रदुषणको मारमा साईकल चालकहरु बढी ग्रसित देखिन्छ । यस कार्यक्रमको उद्देश्य सरकारले साईकल चालक र साईकल सडकको लेन मापदण्ड सहितको हाम्रो महानगरहरुमा योजना बनाउन दवाब सिर्जना गर्नु हो । स्कुल, कलेज, कर्पाेरेट हाउस, व्यापारी, व्यवसायी, विभागीय कर्मचारी, लायन्स, लियो लगायत झण्डै १,५०० साईकल यात्रीहरुको सहभागिता रहने अनुमान गरिएको छ ।
यस कार्यक्रमलाई सफल पार्न पर्पल इन्क, कर्पोरेट म्यानेजमेन्ट शोलुसन नेपाल र ईभेन्ट संसार डट कमले सहयोग तथा ब्यवस्थापन गरेको छ ।

