हाम्रो सिनेमा क्षेत्रलाई नेपाली फिल्मको वास्ता छैन तर बलिउड हलिउड फिल्मलाई भने मोटो रकम तिरेर नेपाल भित्र्याउने गर्द छन् l नभित्र्याउन् पनि कसरी नेपाली फिल्मलाई दर्शकले खासै गन्दैनन् l दर्शकको त कुरै छोडौँ नेपाली निर्माता, निर्देशक र कलाकारलाई पनि आफ्नै फिल्मको वास्ता छैन l तापनि खोक्रो स्लोगन दिन भने कन्जुस्याइँ गर्दैनन् l 'नेपाली फिल्मलाई माया गरौँ' l गरौला तर हिन्दी फिल्मलाई त नेपालमा बन्देज गरौँ l प्रसँग रह्यो बलिउड अभिनेता सलमान खान अभिनीत आगामी फिल्म ‘अन्तिम’ l सो फिल्मलाई नेपालका वितरकहरूले महँगो रकममा खरिद गरी नेपाल भित्र्याएका छन् l गोपीकृष्ण मुभिज मातहतको कम्पनी ‘ए एट फिल्मस्’ ले यो फिल्मलाई एक करोड ३५ लाख तिरेर नेपाल प्रदर्शन राइट्स लिएको छ । जी स्टुडियोको निर्माणमा महेश मान्जरेकरले 'अन्तिम'को निर्देशन गरेका हुन् । फिल्ममा आयुष शर्मा र महिमा मकवानाको पनि अभिनय रहेको छ । फिल्म ‘अन्तिम’ यही शुक्रवार नोभेम्बर २६ बाट प्रदर्शनमा आउँदै छ l