चलचित्र ‘ऐश्वर्य’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा चलचित्र भित्रका केही दृश्यहरु समेत समावेश गरिएको छ । दिवाकर भट्टराइको निर्देशन रहेको चलचित्र ‘ऐश्वर्य’मा रमेश उप्रेती, दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायतका कलाकारको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् ।

 

त्यस्तै चलचित्रका कार्यकारी निर्माता निर्मल शर्मा हुन् । केही समय अघि चलचित्रकोृ गीत रिलिज भएको थियो । जसलाई दर्शकले रुचाएका थिए । उक्त गीतमा अर्जुन पोखरेलको शब्द र संगीत र सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको थियो । टिजर सार्वजनि गरेसँगै ‘ऐश्वर्य’ आफ्नो प्रदर्शन मिति पनि सारेको छ । काक्तिक २ गतेको लागी प्रदर्शन मिति तय गरेको चलचित्र अब कात्र्तिक ९ गते प्रदर्शनमा आउने भएको छ ।