तेलुगू सुपरस्टार प्रभासले आगामी फिल्म ‘आदिपुरुष’का लागि मोटो रकम बुझेका छन् l ओम राउतको निर्देशन बनिरहेको ‘आदिपुरुष’ को लागि प्रभासले भारु १५० करोड लिएका हुन् ।  सलमान खान र अक्षय कुमार पछि पछिल्लो १० वर्षमा यति धेरै पारिश्रमिक लिने प्रभास तेस्रो अभिनेता हुन् । उक्त खबरलाई भारतीय संचारले सम्प्रेषण गरेको छ l   प्रभासका अलावा फिल्ममा सैफ अली खान, पूजा हेगडे, कृति सेनन र सनी सिंहको पनि अभिनय रहेको छ l जसमा प्रभाव भगवान् राम र सैफ अली खान रावणको भूमिकामा देखिने छन् । पौराणिक ग्रन्थ रामायणमा आधारित यस फिल्म आगामी अगस्ट ११ मा रिलिज हुने छ l