चलचित्र ‘रोमियो’को पहिलो प्रदर्शन कतारमा हुने भएको छ । मुस्लिमहरुको महान चाड बकर इदको अवसर पारेर चलचित्र कतारमा प्रदर्शन हुन लागेको हो । यहि शनिबार कतारको दोहामा चलचित्रको भव्य शो हुने निर्माता तथा चलचित्रका नायक हसनराजा खानले जानकारी दिएका हुन् । उनका अनुसार, दोहास्थित ग्राण्डमलमा कतारको समय अनुसार साढे ३ बजेबाट चलचित्र प्रदर्शन हुनेछ । आइतबार पनि सोही समयमा चलचित्रको प्रदर्शन हुने हसनले जानकारी दिए । कात्तिक १७ गते प्रदर्शन हुन लागेको रोमियोलाई शंकर कार्कीले निर्देशन गरेका हुन् चलचित्रमा चलचित्रमा हसनराज खान, नीशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बनु लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको प्रदर्शनका लागि हसन कतार पुगिसकेका छन् ।