सिनेमा घर भित्र दर्शकले पटाका पड्काएको भन्दै अभिनेता सलमान खानले त्यसो नगर्न आग्रह गरेका छन् l खान अभिनीत फिल्म अन्तिम हेर्न गएका दर्शकले खुसीयालीमा पटाका पड्काए पछि सलमान मुख खोल्न बाध्य बनेका हुन् l दर्शक प्रति भड्किँदै यस्तो काम नगर्न आग्रह गरेका छन् । उक्त कुरालाई उनले सामाजिक सञ्जाल मार्फत व्यक्त गरेका हुन् l साथै पटाका लिएर हल भित्र दर्शकलाई छिर्न नदिन हल सञ्चालकहरूलाई अनुरोध गरेका छन् l फिल्म ‘अन्तिम’ शुक्रबारदेखि हलमा प्रदर्शन भइरहेको छ l फिल्ममा सलमानको अलावा आयुष शर्मा, प्रज्ञा अग्रवाल र जिशु सेन गुप्ताको मुख्य भूमिका रहेको छ । फिल्मलाई सलमान खान फिल्म प्रोडक्सनले नै निर्माण गरेको हो l