रणवीर सिंह र दीपिका पादुकोण अभिनीत फिल्म ‘८३’को अफिसियल ट्रेलर लन्च भएको छ । ३ मिनेट ४९ सेकेन्डको ट्रेलरमा रणवीर क्रिकेटर कपिल देवको चरित्रमा देखिएका छन् l साथै, दीपिका पादुकोणले कपिलदेवकी पत्नी रोमी भाटियाको भूमिका निर्वाह गरेकी छिन् । सन् १९८३ मा भारतीय क्रिकेट टोलीले खेलेको विश्वकपलाई लिएर फिल्म निर्माण भएको हो ।

फिल्ममा ताहिर राज भासिन, जीवा सलिम लगायतको मुख्य भूमिका छ । कबिर खानले फिल्मको निर्माण गरेका हुन् l आगामी डिसेम्बर २४ मा यो फिल्म रिलिज हुँदै छ ।  क्रिकेटर कपिल देवको जीवनीमा फिल्म निर्माण गरिएको हो l