भोलि (शुक्रवार)बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर २’को बुकिङ खुल्ला गरिएको छ । सर्वाधिक हल पाएको ए मेरो हजुर २ ले यो साता सोलो रिलिजको फाइदा उठाउन लागेको हो । चलचित्रले काठमाडौँ र मोफसलमा गरी करिब ९० बढी हल पाएको छ । बुधवार बुकिङ खुल््रला गरेको चलचित्रको शुक्रवार र शनिवारको लागी कतिपय शोहरु बुक भइसकेको छ ।

अभिनेत्री झरना थापाको डेव्यु निर्देशन रहेको चलचित्र ए मेरो हजुर २ लाई यो साताको रिलिजले फाइदा पुराएको देखिन्छ । आइतबार सरकारले र इस्लाम धर्मालम्वीको पर्व वकर इदको अवसरमा सार्वजनिक दिएको छ । जसको फाइदा ए मेरो हजुर २ लाई पर्ने जान्छ । सोलो रिलिजको साथै सार्वजनिक बिदा समेत पर्दा चलचित्रलाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ । त्यस्तै शनिवार र आइतबार सँगै भदौ २० गते इन्द्र जात्रा र २२ गते निजामती कर्मचारी दिवस परेको छ ।

 

ती दिनमा पनि सार्वजनिक बिदा पर्छ । सार्वजनिक बिदामा स्वतः दर्शकको सङ्ख्या हलमा बढी हुन्छ । सोलो रिलिजको साथै लगातार परेको सार्वजनिक बिदाको कारण ए मेरो हजुर २ को व्यपारमा फाइदा पुग्ने देखिन्छ । सुनिल कुमार थापाको निर्माण रहेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।