बलिउड नायिका ज्याकलिन फर्नान्डिजलाई मुम्बई एयरपोर्टमा पक्राउ गरिएको छ l मनी लाउन्ड्रिङ केसमा जारी गरिएको आउट लुक सर्कुलरअन्तर्गत उनलाई पक्राउ गरिएको हो l भारतीय संचारमा उल्लेख अनुसार उनलाई इन्डिया बाट बाहिर जान समेत रोक् लगाइएको छ l २०० करोड भारुको मनी लाउन्ड्रिङमा प्रवर्तन निर्देशालयले मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको थियो l  अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलिनसँग पैसाको कारोबार गरेको खुलेको हो l प्रहरीअनुसार सुकेशले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएका थिए। सुकेश अहिले पनि दिल्लीको तिहाड जेलमा छन् । इडीका अनुसार २०० करोड भारु असुली मामिलामा ज्याकलिन मुख्य साक्षी हुन् । यस मामिलामा इडीले अभिनेत्री नोरा फतेहीसँग पनि सोधपुछ गरिरहेको छ ।