भदौ २३ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘२ रुपैयाँ’को प्रमोशनल गीत सार्वजनिक भएको छ । बिहिबार साझ सार्वजनिक भएको उक्त गीतलाई एक दिन नबित्दै करिब २ लाख भन्दा बढिले हेरेका छन् । लाउरे र एड्रेले र्याप भरेको ‘दुई रुपैया’ ओएसटि गीतमा हरि हुमागाईको संगीत रहेको छ ।

 

अशिम शाहको निर्देशन रहेको चलचित्र ‘२ रुपैयाँ’को ट्रेलरको साथमा दुई गीतहरु सार्वजनिक भइसकेको छ । सार्वजनिक भइसकेको गीत र ट्रेलरलाई दर्शकले राम्रो साथ दिएका छन् । चलचित्रमा पैसा कमाउन आतुर रहेका दुई युवाको कथालाई समेटिएको छ । चलचित्रमा निश्चल बस्नेत, आसिफ शाह, मेनुका प्रधान, बुद्धि तामाङ, रबिन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।