जुनियर एनटीआर, रामचरण, अजय देवगन, आलिया भट्ट लगायतको अभिनय रहेको साउथ फिल्म ‘आरआरआर’को ट्रेलर सार्वजनिक भएको छ l २०२२ यानिकी नयाँ वर्षको गतेलाई प्रदर्शनमा आउन लागेको फिल्मलाई एस् एस् राज मौलीले निर्देशन गरेका छन् l
यही फिल्म बाट बलिउड अभिनेत्री आलियाले तेलुगु फिल्ममा डेब्यु गरेकी छन् । यो पिरियोडिक ड्रामामा सबै कलाकार एक्सन अवतारमा प्रस्तुत छन् । डीभीभी इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई डीभीभी दानय्याले निर्माण गरेका हुन् । आरआरआर हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायलम गरी पाँच भाषामा रिलिज हुनेछ । यस अघि एस् एस् राज मौलीले ‘बाहुबली’ र ‘बाहुबली २’ सुपर हिट सिनेमा निर्देशन गरेका थिए l