नायिका कटरीना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिएका छन् । गत बिहीबार यी दुईले एकअर्का सँग लगन गाँठो कसेका हुन् l सवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बरवाडामा भएको विवाहका केही तस्बिरहरू यती खेर सामाजिक सञ्जालमा भाइरल भएको छ l तस्बिरमा कटरीना रातो रंगको लेहंगामा देखिएकी छन् भने विक्कीले सेतो रंगको शेरवानी लगाएका छन् ।
यसो त दुवैले पनि सामाजिक सञ्जालमा बिहेको तस्बिर पोस्ट गरेका छन् l साथै क्याप्सनमा 'हाम्रो दिलमा प्रेम र कृतज्ञता छ, जसले हामीलाई यो पलसम्म ल्याएको हो । तपाईँहरू सबैको प्रेम र आशीर्वादको कामना गर्दै हामी एकसाथ यो नयाँ यात्राको सुरुवात गर्दैछौं ।’ भनेर लेखेका छन् l
उनीहरूको विवाहमा दुवै पक्षका परिवारका सदस्यसँगै अर्जुन कपूर, कनिका कपूर, करण जौहर, फराह खान लगायत उपस्थित भएका थिए ।