चलचित्र ‘छक्का पञ्जा २’को नयाँ गीत ‘झ्याम्म झ्याम्म’ युट्युबको ट्रेन्डिङ नम्बर वानमा पुगेको छ । सोमबार साँझ अपलोड गरिएको गीतलाई हालसम्म करिब ९ लाखले हेरेका छन् । किरण कंडेलको संगीत, उत्तम संजेलको शब्द रहेको गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर रहेको छ ।

 

दिपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र ‘छक्का पञ्जा २’को यस अगाडी ‘नाइलनको साडी’ बोलको गीत सार्वजनिक भइसकेको छ । दुवै गीतको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । ‘झ्याम्म झ्याम्म’मा प्रियंका कार्की, विल्सन विक्रम राई, दिपकराज गिरी र बुद्धि तामाङले नृत्य रहेको छ । ‘छक्का पञ्जा २’ फुलपाती, असोज ११ गतेदेखि प्रदर्शनमा आउँदैछ ।