नायक सरोज खनाल अस्पताल भर्ना भएका छन् । मृगौलामा पत्थरी भेट्टिए पछि उनलाई बल्खु स्थित बयोधा अस्पतालमा भर्ना गरिएको हो  । पत्थरीका करण केही समय देखि नायक खनालको स्वास्थ स्थिती बिग्रिदै आइरहेको थियो । बुझिए अनुसार अहिले खनालको स्थिती सामान्य  रहेको छ । करिब २ घन्टाको अप्रेशन पछि उनको मृगौलाबाट पत्थरी निकालिएको छ ।