बलिउडमा क्युट कपलको रुपमा शैफ अलि खान र करिना कपूरलाई मान्दै आइरहेको छ । हालै अभिनेत्री करिना कपूरले आफ्नो पति शैफ अनि खानको बारेमा केही खुलासा गरेकी छिन् । एक अन्तवार्तामा करिनाले शैफले बनाएको खान नखाने गरेको खुलासा गरेकी हुन् । यस्तै अभिनेता शैफ अलि खान अभिनित ‘शेफ’को हालै ट्रेलर सार्वजनिक भएको छ । चलचित्र ‘शेफ’को कारण नै आफु राम्रो कुक भएको शैफअलि बताउछन् । चलचित्रको सुटिङको दौरान खाना पकाउने भएको कारण खाना पकाउन सिकेको उनले खुलाएका छन् ।