शुक्रवार बाट प्रदर्शनमा आएको फिल्म ‘पुष्पा : द राइज’ ले १०० करोडको आँकडा पार गरेको छ l रिलिजको दुई दिनमै फिल्मले १ सय १६ करोड कमाएको हो l ट्रेड एनालिस्ट रमेश बालाले ट्विटरमार्फत फिल्मले दुई दिनमा संसारभर १ सय १६ करोड कमाएको जानकारी दिएका हुन् । फिल्मले हिन्दी डबमा पहिलो दिन भारु तीन करोड कमाउँदै ‘केजिएफ’ को समेत रेकर्ड तोडेको छ । फिल्मले पहिलो दिन नै भारतमा ५२.५० करोडको ग्रस कलेक्सन गरेको थियो । सुकुमार निर्देशित फिल्मले लाइफ टाइम वर्ल्ड वाइड कलेक्सन एक हजार करोड माथिको व्यापार गर्ने अनुमान भारतीय फिल्म विश्लेषकहरूले गरेका छन् । साउथका स्टाइलिस स्टार अल्लू अर्जुन र रश्मिका मन्दानाको फिल्ममा मुख्य भूमिका रहेको छ l फिल्म तमिल, तेलुगु, हिन्दी, मलयालम र कन्नड भाषामा निर्माण भएको छ l दुई भागमा निर्माण भएको फिल्मले आन्ध्र प्रदेशमा हुने रक्त चन्दन तस्करीको कथा भन्छ । यो फिल्मको दोस्रो पार्ट अर्को वर्ष रिलिज हुनेछ ।