सन् २०१५ को हिट फिल्म ‘बजरंगी भाइजान’को सिक्वेल बन्ने भएको छ l अभिनेता सलमान खानले उक्त फिल्मको दोश्रो पार्ट बनाउने घोषणा गरेका हुन् l  ‘आरआरआर’को मुम्बई प्रि–रिलिजमा पुगेका सलमानले कार्यक्रममा ‘बजरंगी भाइजान २’ बनाउने घोषणा गरेका थिए । कबिर खानको निर्देशनमा बनेको यस फिल्मको दोश्रो पार्टको कथा एसएस राजा मौलीका पिता के भी विजयेन्द्र प्रसादले लेख्नेछन् । यो फिल्मको अघिल्लो संस्करण पनि विजयेन्द्रले नै लेखेका थिए । फिल्ममा हर्षाली मल्होत्रा, करिना कपूर खान र नवाजुद्धिन सिद्धिकीले अभिनय गरेका थिए । ‘बजरंगी भाइजान’ले एक हनुमान भक्त भारतीय युवकको कथा देखाएको छ l