पुस २८ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर झोले’को पहिलो गीत सार्वजनिक भएको छ । ‘ओखती’ बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत तथा स्वर रहेको छ । कमेडी शैलीको गीतमा फरक लुकमा अभिनेता दयाहाङ राई देखेका छन् भने उनको साथमा नायिका दिया पुन छिन् ।

 

दयाहाङ र दिया दोस्रो पल्ट मिस्टर झोलेमा एकसाथ काम गर्ने लागेका हुन् । बिक्रम स्वारको नृत्य निर्देशन रहेको गीतको भिडियोलाई रवी न्यौपानेले खिचेका हुन् । चलचित्रमा दयाहाङ र दिपाको साथै वर्षा राउत, बुद्दी तामाङ, पुस्कर गुरुङ, अरुणा कार्की, विजय बराल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । 
सनेमा आर्ट्स र टेकेन खड्का प्रोडक्सनको व्यानरमा चलचित्रलाई टेकेन खड्काले निर्माण गरेका हुन् । ‘मिस्टर झोले’मा रौनकविक्रम कँडेल कार्यकारी निर्मातामा रहेका छन् ।