अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपुर विवाहको तयारीमा छन् l सेलिब्रेटी ज्योतिष जगन्नाथ गुरुजीले हालै मात्र एक अन्तर्वार्तामा यो जोडीको विवाहका विषयमा घोषणा गरेका थिए । उनका अनुसार अर्जुन र मलाइकाले सन् २०२२ मा विवाह गर्ने तयारीमा रहेको बताएका हुन् l एक अन्तर्वातामा सेलेब्रेटी ज्योतिष जगन्नाथ गुरुजीले हालै मात्र उक्त कुरा खुलेर भन्दिएका हुन् l ज्योतिष गुरुजीले विवाहपछि अर्जुन र मलाइकाले आफ्नो फिल्म प्रोडक्सन कार्यालय खोल्ने र जसको व्यापार शानदार हुने दाबी गरेका छन् । अर्जुन र मलाईका केही समय देखी एक अर्कालाई डेट गरी रहेका छन् l हालै मात्र यो जोडीले मालदिभ्समा छुट्टी मनाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल नै भएको थियो । पती अर्बाज खान सँग सम्बन्ध बिछेद्द भएपछि उनी अर्जुन सँग नजिकिएकी हुन् l