जापानी चर्चित नायिका सयाका काण्डाको निधन भएको छ ।  ३५ बर्षकी कान्डाको एक होटेल बाट खसेर निधन भएको हो । सयाकाको डिसेम्बर १८ को बेलुका निधन भएको थियो । आफू बसेको होटेलको २२ औँ तलाबाट खसेकी थिइन् । प्रहरीले नायिकाको मृत्युलाई आत्महत्या भने पनि यसलाई शंकाको घेरामा राखेको छ । उनी गम्भीर दुर्घटनाको सिकार भएको प्रहरीले दाबी गरेको छ । प्रत्यक्षदर्शीका अनुसार उनको शरीर रगतले भिजेको थियो ।  उनले आइडली प्राइड’, ‘स्टार ब्लेजर्स २२०२’ र ‘कन्वीनियन्स स्टोर ब्वाइफ्रेण्ड्स’ जस्ता सिरिजमा भ्वाइस ओभर गरेकी छिन् ।