बलिउड अभिनेतद्दय अक्षय कुमार र धनुष अभिनीत फिल्म `अतरंग रे´ नेपालको  सिनेमा हलमा यही शुक्रवार यानिकी २४ डिसेम्बर बाट प्रदर्शनमा आउने भएको छ । आनन्द एल राईको निर्देशन र निर्माण रहेको फिल्ममा अक्षय र धनुसको अलावा नायिका सारा अलि खानको पनि मुख्य भूमिका रहेको छ । फिल्मको कथा हिमांशु शर्माले लेखेकी हुन् । उनी यस फिल्मको लगानीकर्ता पनि हुन् । साथै भूषण कुमार र कृष्ण कुमारको पनि फिल्ममा लगानी रहेको छ ।