बलिउड हिट फिल्म ‘राउडी राठौर’को सिक्वेल बन्ने भएको छ । हाल स्क्रिप्टमा काम भइरहेको फिल्मको लेखन केवी विजयेन्द्र प्रसादले लेखी रहेका छन् l केवीले फिल्म बाहुबलीको कथा पनि लेखेका थिए l फिल्मको सिक्वेलमा अघिल्लो सिरिजका अभिनेता अक्षय कुमार नै दोहोरिनेछन् । तर नायिका भने सोनाक्षी सिन्हाको ठाउँमा अरू नै हुने सम्भावना रहेको छ l ‘राउडी राठौर’ को दोश्रो पार्ट पनि प्रभु देवाले नै निर्देशन गर्ने भारतीय संचारमा उल्लेख छ l पहिलो शृङ्खलालाई पनि कोरीयोग्राफर तथा निर्देशक देवाले नै निर्देशन गरेका थिए l अर्को वर्ष बाट फिल्म फ्लोरमा जाने बुझिएको छ l