बलिउड नायिका एवं मोडल पुनम पाण्डेले सम्बन्ध बिछेद्द गरेकी छिन् ।  पति सेम बाम्बे सँग डिभोर्स गरेकी हुन् । वैवाहिक सम्बन्ध सोचे जस्तो नभएपछि डिभोर्स रोजेको पुनमको भनाइ छ । नायिका कैटरिना कैफबाट प्रभावित पुनमले अब अभिनेता बिक्की कौशल जस्तो दुलाहा मिलेमा विवाह गर्ने बताएकी छन् । सेमसँग विवाह गरेपछि पुनमले सेममाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् । यो मामिलामा प्रहरीले सेमलाई पक्राउसमेत गरेको थियो । प्रहरीका अनुसार सेमले पुनममाथि कुटपिट गरेपछि उनको शरीरमा चोटपटक देखिएको थियो । जसकारण उनी अस्पतालमा भर्ना नै भएकी थिइन् ।