बलिउड फिल्म ‘बडे मियाँ छोटे मियाँ’को सिक्वेल बन्ने भएको छ । सन् १९९८ मा रिलिज भएको यस को सिक्वेलमा अभिनेताद्दय अक्षय कुमार टाइगर श्राफ मुख्य भूमिकामा देखिँदै छन् । अलि अब्बास जफरको निर्देशन रहने फिल्म छायांकन २०२२ बाट सुरु हुने बताइएको छ । भने २०२३ रिलिज गर्ने निर्माण टिमको तयारी छ । यस अघिको संस्करणमा अभिनेता अमिताभ बच्चन र गोविन्द मुख्य भूमिकामा देखिएका थिए । साथै फिल्ममा रविना टण्डन, रम्या कृष्णन, अनुपम खेर, परेश रावल लगायतका कलाकारहरुको पनि अभिनय रहेको थियो ।