शुक्रबार नेपाल आइडलबाट कोही आउट भएनन् । इलिमिनेसन डे भनिएता पनि कार्यक्रमको अन्त्यमा निर्णायकले आफ्नो पावर प्रयोग गरेर सबैलाई सुरक्षीत पारेका हुन् । शुक्रबार प्राप्त भएको भोट भने अर्को हप्ता आउने भोटसँग जोडीने बताइएको छ । यस हप्ता चार प्रतिस्प्रिर्धीको लागी ३७ लाख २० हजार २ सय १८ भोट प्राप्त भएको जानकारी दिइएको थियो । यसअघि दर्शकले पठाएको भोटको संख्या सार्वजनिक गरिएको थिएन । मोरङका निशान भट्टराई, नारायणगढ, चितवनका सागर आले, पोखराका बुद्ध लामा तथा ललितपुरका प्रताप दासमध्ये अर्को शुक्रबार एक जना बाहिरिने छन् ।  यता शोमा यस हप्ता सबै सेफ भएसँगै सामाजिक सञ्जालमा भने आलोचना सुरु हुन थालेको छ । सामाजिक सञ्जाल प्रयोगक्रताले नेपाल आइडलले पैसाको खेती गर्ने कसैलाई आउट नगरेको समेत भनेका छन् । नेपाल आइडलको ग्रान्ड फिनाले भने कतारमा हुने भएको छ । फिनालेमा टप १२ मा पुगेका प्रतियोगीको सहभागिता रहनेछ ।

तस्बिर-अन्नपुर्ण पाेस्ट