‘स्पाई डर मेन : नो वे होम’ले बक्स अफिसमा दमदार कमाइ गरिरहेको छ । हाल सम्म आउँदा धेरै नै कमाइ गर्ने फिल्ममा परेको सञ्चार माध्यममा उल्लेख छ l फिल्मले विश्वभरबाट १ बिलियन कमाइ गर्ने अनुमान गरिएको छ । क्रिसमस इभको दिनमा मात्र १९.७ मिलियन कमाइ गर्दै फिल्मले सोनीले बनाएका फिल्ममध्ये अमेरिकाबाट सर्वाधिक कमाउने फिल्मको रेकर्ड कायम गरेको हो । शुक्रबारसम्मको आँकडा हेर्दा फिल्मले अमेरिकामा मात्र ४०५.५ मिलियन कमाएको छ जुन रेकर्ड हो । रिलिज भएको छोटो अवधिमा यो आँकडा छुनेमा पनि यो फिल्म अगाडि रहेको छ । 'स्पाई डर म्यान - नो वे होम' सन् २०१७ मा आएको फिल्म 'स्पाई डर म्यान - होम कमिङ' र सन् २०१९ मा आएको फिल्म ' स्पाई डर म्यान - फार फ्रम होम' को सिक्वेल हो ।