‘बजरंगी भाइजान’को सिक्वेल ‘पवन पुत्र भाइजान’ नामकरण भएको छ l केही समय अघि सिक्वेलको घोषणा गरेका सलमानले दोश्रो संस्करणलाई ‘पवन पुत्र भाइजान’ नाम दिएका हुन् l कबीर खान निर्देशित यस फिल्मको छ वर्ष पुरा भए सँगै निर्माण टिमले दोश्रो सिक्वेल निर्माण गर्ने घोषणा गरेका थिए l हाल फिल्मको स्क्रिप्टमा काम भइरहेको भारतीय सञ्चारले उल्लेख गरेको छ l लेखक केवी विजेन्द्र प्रसादको अनुसार फिल्मको दोस्रो पार्टका लागि अहिले दमदार स्क्रिप्टमा काम भइरहेको छ । केही समय अगाडि मैले सलमान खानलाई सिक्वेलको आइडिया सुनाएको थिएँ । उहाँलाई फिल्मको आइडिया मन परेको छ र स्क्रिप्ट फाइनल गर्न भन्नुभएको छ ।’ यो फिल्ममा सलमान खान, करीना कपूर, हर्षाली मल्होत्रा र नवाजुद्दीन सिद्धिकीले मुख्य भूमिकामा काम गरेका थिए ।