यस बर्षको प्रतिक्षित चलचित्र छक्का पञ्जा २ को पोस्टर सार्वजनिक भएको छ । चलचित्रका निर्माता तथा कलाकार दिपक राज गिरीले आफ्नो फेसबुकबाट अफिसियल पोस्टर सार्वजनिक गरेका हुन् । यस अघि निर्देशक दिपाश्री निरौलाले मित्रता दिवसको अवसर पारेर पोस्टर सार्वजनिक गरेकी थिइन् । चलचित्रमा रहेका दुई गीतहरु सार्वजनिक भइसकेका छन् । दुवैलाई दर्शकले रुचाएका छन् । सार्वजनिक पोस्टरमा चलचित्रका सबै जसो मुख्य कलाकारहरु समावेश छन् । असोज ११ गते प्रदर्शन हुन लागेको छक्का पञ्जा २ मा प्रियंका कार्की, दिपकराज गिरि, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, जितु नेपाल, केदार घिमिरे माग्ने बुढा लगायतका कलाकारको अभिनय रहेको छ । यस्तै चलचित्रको ट्रेलर पनि यसै हप्ता सार्वजनिक हुने दिपकराज गिरीले फेसबुक मार्फत बताएका छन् ।