रणवीर सिंह अभिनीत सिनेमा ‘८३’ ले बक्स अफिसमा धमाका मच्चाउन सकेन l क्रिश्मसको अवसर पारेर रिलिज गरिएको फिल्मले सकारात्मक प्रतीकृया पाएतापनी बक्स अफिसमा भने खस्किएको भारतीय सञ्चारमा उल्लेख छ l सिनेमालाई समीक्षक तथा दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । तर, सिनेमाले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन । ५ भाषामा रिलिज गरिएको फिल्मले पहिलो दिन भारु १२ करोड ४६ लाखको ओपनिङ गरेको थियो । साथै दोश्रो दिन भारु १६.९५ करोड र आज तेश्रो दिन १७ देखी १९ करोडको हाराहारीमा व्यापार गरेको भारतीय ट्रेड एनालिर्स्ट तरण आदर्शले बताएका छन् l हाल सम्म फिल्मले ४८. ५९ करोड भारु कमाएको छ l फिल्ममा रणवीर क्रिकेटर कपिल देवको चरित्रमा देखिएका छन् l साथै, दीपिका पादुकोणले कपिलदेवकी पत्नी रोमी भाटियाको भूमिका निर्वाह गरेकी छिन् । सन् १९८३ मा भारतीय क्रिकेट टोलीले खेलेको विश्वकपलाई लिएर फिल्म निर्माण भएको हो । फिल्ममा ताहिर राज भासिन, जीवा सलिम लगायतको मुख्य भूमिका छ । कबिर खानले फिल्मको निर्माण गरेका हुन् l क्रिकेटर कपिल देवको जीवनीमा फिल्म निर्माण गरिएको हो l