बलिउड दिवंगत अभिनेता राजेश खन्नाको जीवनीमा फिल्म निर्माण हुने भएको छ । किताब ‘द लोनलीनेस अफ बिइङ राजेश खन्ना : डार्क स्टार’ मा आधारित भएर निर्माण हुने फिल्मलाई कोरीयोग्राफर फराह खानले निर्माण गर्ने भएकी हुन् l फिल्म ‘आखिरी खत’ बाट अभिनय करिअर सुरु गरेका राजेशका कयौँ फिल्महरू सुपर हिट छन् l निखिल द्विवेदीको लगानीमा निर्माण हुने फिल्मको हाल स्क्रिप्टमा काम भइरहेको छ l फराह खानले किताबका लेखक गौतम चिन्तामणि सँग मिलेर फिल्मको स्क्रिप्ट लेख्नेछिन् । अनुरोध , बाबु , रोटी , प्रेम नजर लगायत दर्जनौँ फिल्ममा अभिनय गरेका राजेश बलिउडका सुपरस्टार भनेर चिनिन्छन् l सुपरस्टार’ भन्ने शब्द नै उनको लोकप्रियतालाई देखेर बनेको बताइन्छ ।