शाहिद कपुर अभिनीत फिल्म 'जर्सी' पोस्टपोन्ड भएको छ । अनिश्चितकालको लागि फिल्मको रिलिज मिति पोस्टपोण्ड गरिएको हो l रिलिजको लागि दुई दिन मात्र बाँकी रहँदा मंगलबार प्रदर्शन स्थगित गर्ने निर्णय बाहिरिएको हो । नयाँ भेरीएन्ट ओमिक्रोन कोरोनाको ब्यापक रुपमा फैलिए सँगै फिल्मलाई अनिश्चितकालको लागि पोस्टपोण्ड गरिएको भारतिय संचारमा उल्लेख छ l मंगलबारदेखि दिल्लीका फिल्म हलहरू, मनोरञ्जन पार्क र स्पाहरू बन्द गरिएका छन् । अहिले राजधानी दिल्ली ओमिक्रोन भेरिएन्टको हटस्पट बनिरहेको छ । सो कारण पनि फिल्म सीधै ओटीटी प्लेटफर्ममा रिलिज हुने हल्लाको पनि खण्डन गरिएको छ । फिल्ममा शाहीदको अलावा म्रुनल र गौतम तिनौरीको पनि मुख्य भूमिका रहेको छ l