राजेश खन्नाको बायोपिक बनाउने घोषणा केही दिन नहुँदै अर्का दिग्गज कलाकार दिलीप कुमारको पनि जीवनीमा फिल्म बन्ने भएको छ l निर्देशक सुभाष घैले कुमारको बायोपिक बनाउने भएका हुन् l सुभाष दिलीपको निधन पछि उनकी पत्नी सायरा बानोको सहारा बने । यही परिप्रेक्ष्यमा सुभाषले दिलीपको बायोपिक बनाउने योजना बनाएका छन् । दिलीपको जीवनको अन्तिम समयसम्म पनि सुभाष साथमै थिए l सुभाष फलफूल व्यापारी छोरा कसरी भारतको सम्मानित अभिनेता बन्न सफल भए भन्ने कथा देखाउन चाहन्छन् । भारतिय संचारको अनुसार फिल्ममा अमिताभ बच्चनले दिलीपको भूमिका निभाउने उल्लेख गरिएको छ l निर्देशक घैले दिलीपका साथ ‘विधाता’, ‘सौदागर’ र ‘कर्मा’ जस्ता फिल्म निर्माण गरेका थिए ।