भारतिय हास्य कलाकार दिलीप जोशी उर्फ जेठालालले 'तारक मेहेताका उल्टा चस्मा' सिरियल छोड्ने भएका छन् l कलाकार जोशीले आँफैले सिरियल छोड्न लाएको अभिव्यक्ति दिएका हुन् l हालै उनले एक अन्तरवार्तामा सिरियल छोड्ने विषयमा कुराकानी गरेका थिए । ‘जुन दिन आफूलाई जेठालालको भूमिका निभाउन मजा आउदैन्, त्यही दिन शो छोड्ने र एक कमेडी शोमा काम गरेको बताएका थिए । साथ-साथै आफूलाई अलग–अलग किसिमका टेलिभिजन शोको अफर आएका कारण तारक मेहेता छोड्न लाएको उनको भनाइ छ l यस अघि केही कलाकारहरूले पनि सिरियल बाट बिदा लिएका थिए l 'टप्पु' भभ्य गान्धी र दिशा भक्कानी 'दया बेन' ले पनि सिरियल छोडेका थिए l यी दुई नै सिरियलका मुख्य पात्र हुन् l नेपालमा पनि यस सिरियल एकदमै लोकप्रिय रहेको छ l