शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’ले दर्शकको राम्रो साथ पाएको छ । सुखद सुरुवात गरेको चलचित्रको सनिबार अधिकांश शो हाउसफुल थियो ।
काठमाडौँका अष्टनारायण हल, बिजी मल, गंगा सिनेमा घर, गोपीकृष्ण हल लगायतका हलहरुमा चलचित्रका टिम सनिबार पुगेका थिए । निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापा र सुहाना थापा, कलाकारहरु साम्राज्ञी राज्य लक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेतले दर्शकहरुसँग प्रत्यक्ष सात्क्षतकार गरेका थिए ।
६ जना बडीगार्ड सहित टिम हल हलमा पुगेको थियो । चलचित्रकी अभिनेत्री साम्राज्ञी चलचित्र यति सफल होला भनेर नसोचेको बताइन् । पहिलो पल्ट आफ्नो चलचित्रको लागी दर्शकको भिड देख्दा खुसी लागेको बताएकी थिइन् । पहिलो चलचित्रबाट नै वाहवाही बटुलेका नायक सलिनमान बनिया दर्शकसँग साक्षत्कार हुदा दंग देखिन्थे ।
यता निर्माता सुनिलकुमार थापा आफ्नो चलचित्रको लागी २० बर्ष पछि पहिलो चोटी यति ठुलो भिड देखेको अनुभव सुनाए । चलचित्रले शुक्रबार र सनिबार गरि करिब २ करोड बढिको हाराहारीमा कमाई गरेको निर्माण पक्षको दाबी छ ।