बलिउड बहुप्रतिक्षित फिल्म `आरआरआर´ रिलिज मिति पोस्ट्पोन्ड भएको छ । निर्देशक राजामौलीले फिल्मको रिलिज मिति सारेको भारतीय सन्चारमा उल्लेख छ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण बढिरहेको कारण सिनेमा हलहरू बन्द हुने अवस्था आएकोले फिल्मको रिलिज मिति सारिएको हो । फिल्म आगामी शुक्रवार बाट प्रदर्शनमा आउन लागेको थियो । फिल्ममा जुनियर एन्टि आर ,राम चरण र आलिया भाटको मुख्य भूमिका छ । यही फिल्म बाट बलिउड अभिनेत्री आलियाले तेलुगु फिल्ममा डेब्यु गरेकी छन् । यो पिरियोडिक ड्रामामा सबै कलाकार एक्सन अवतारमा प्रस्तुत छन् । डीभीभी इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई डीभीभी दानय्याले निर्माण गरेका हुन् । आरआरआर हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायलम गरी पाँच भाषामा रिलिज हुनेछ । यस अघि एस् एस् राज मौलीले ‘बाहुबली’ र ‘बाहुबली २’ सुपर हिट सिनेमा निर्देशन गरेका थिए l