बलिउड अभिनेता विक्की कौशल विवादमा तानिएका छन् l ‘लुका–छिपी २’ को सुटिङ दौरानमा प्रयोग गरिएको बाइकको कारण उनी विवादमा तानिएका हुन् l सुटिङका समयमा नक्कली नम्बरको गाडी प्रयोग गरेको आरोप उनी माथि लागेको छ । इन्दौरका जयसिंह यादवले उनी माथि यस प्रकारको आरोप लगाएर बिक्कीलाई विवादमा तानेका हुन् l उक्त बाइक राखिएको नम्बर प्लेट आफ्नो रहेको यादवको भनाइ छ l उनले बाइक एरोड्रम शोरुमबाट २५ मे २०१८ मा किनेका थिए । साथै विक्की र निर्मातामाथि कारबाही हुनुपर्ने माग राखेका छन् । प्रहरी अधिकारीहरू र आरटीओले फिल्म निर्माताले गैर कानुनी काम गरेको दाबी गरेका छन् । यही विषयमा प्रहरीले अनुसन्धान पनि सुरु गरेको छ ।