बलिउड अभिनेता अक्षय कुमार अभिनीत आगामी फिल्म ‘पृथ्वीराज’ विवादित बनेको छ l पृथ्वीराज चौहानलाई राजपूत समाजको भनी देखाइएको कारण फिल्मले विवादको सामना गर्न परेको हो l यो फिल्मविरुद्ध राज स्थानको अजमेरमा विरोध प्रदर्शन भइरहेको छ । गर्जुर समाजले पृथ्वीराजलाई आफ्नो समुदायको भनी दाबी गरिरहेको छ । यता राजपूत समाजले पृथ्वीराज चौहान राजपूत रहेकाले यसलाई प्रमाणित गर्न आवश्यक नरहेको जनाएको छ । राजपूत नेता भंवर सिंहले वास्तविकतालाई बद्ल्न नसकिने भएकाले पृथ्वीराज चौहान राजपूत नै रहेको दाबी गरे । यो विवादका कारण गुर्जर समाजले अजमेर जिल्ला कलेक्टरलाई ज्ञापन पत्र बुझाउँदै फिल्मको रिलिजमा रोक लगाउन माग गरेका छन् l यही कारण गुर्जर समाज अजमेरको वैशालीस्थित भगवान् देवनारायण मन्दिरमा बसेर प्रदर्शन गरिरहेका छन् । फिल्म ‘पृथ्वीराज’ भारतका वीर सपूत पृथ्वीराज चौहानमा आधारित छ । फिल्ममा सञ्जय दत्त, सोनू सूद र मानव बीजको पनि अभिनय छ । फिल्मलाई चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेका हुन् l