भारतमा कोरोना बढे सँगै रिलिज मिति तय गरेका फिल्मले धमाधम मिति पोस्टपोन्ड गरेका छन् l केही दिन अघि बलिउड बहुप्रतिक्षित फिल्म 'आर आर आर' ले पनि कोरोना त्रासका मिति सारेको थियो l यसै क्रममा प्रभासको फिल्म ‘राधे श्याम’ ले पनि रिलिज मिति पोष्टपोन्ड गरेको छ l १४ जनावरीमा फिल्मको रिलिज मिति लक् गरिएको थियो l अब सोही समयमा फिल्म रिलिज नहुने भएको छ l फिल्ममा प्रभास लभर ब्वायको भूमिकामा देखिएका छन् । राधा कृष्ण कुमारको निर्देशन तथा लेखन रहेको फिल्ममा प्रभास र पूजासँगै भाग्य श्री, सचिन खेडेकर, कुनाल रोय कपूरलगायत कलाकारको अभिनय छ ।