नायिका मनीषा कोइरालाले २५ वर्ष पछि निर्देशक सन्जयलीला भन्सालीसँग सहकार्य गर्न लागेकी छिन् l ‘हिरामन्डी’ नामक सिरिजमा उनले भन्साली सँग सहकार्य गर्न लागेकी हुन् l नेटफ्लिक्स बाट रिलिज गरिने सिरिजमा मनीषाको अलावा मा कुरेसी र सोनाक्षी सिन्हा पनि देखिने छन् l ‘हिरामन्डी’लाई नेटफ्लिक्सले निर्माण गर्न लागेको हो । सिरिज ७ भागको रहने छ l यसको पहिलो भाग भन्साली स्वयंले निर्देशन गर्नेछन् भने बाँकी भाग अरू निर्देशकले । भन्साली अहिले सिरिज ‘हिरामण्डी’को प्रि-प्रोडक्सनमा व्यस्त छन् । लगभग १ घण्टा जति हुने सिरिजले यौनकर्मीहरूको कथा भन्नेछ । दुई दशकअघि कोइरालाले भन्सालीको डेब्यु फिल्म ‘खामोसी : दि म्युजिकल’मा काम गरेकी थिइन् ।