रिलिज अन्योलमा रहेको फिल्म 'आरआरआर' विवादमा तानिएको छ l एक छात्रले फिल्म विरुद्ध उजुरी हालेको कारण विवाद सिर्जना भएको हो l जुरीमा तथ्यलाई तोडमोड गरेको आरोप लगाइएको छ । ती छात्रले फिल्म रिलिज रोक्न पनि माग गर्दै सेन्सर बोर्डलाई सर्टिफिकेट नदिन आग्रह गरेको भारतिय संचारमा उल्लेख छ l उजुरीलाई तेलंगाना उच्च अदालतमा न्यायधिस उज्जवल बयानको बेञ्चले हेरिरहेको छ । यध्यापी उजुरी बारे फिल टिम भने यस बारे केही बोलेका छैनन् l फिल्मलाई एस् एस् राज मौलीले निर्देशन गरेका छन् l यही फिल्म बाट बलिउड अभिनेत्री आलियाले तेलुगु फिल्ममा डेब्यु गरेकी छन् । डीभीभी इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई डीभीभी दानय्याले निर्माण गरेका हुन् । आरआरआर हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायलम गरी पाँच भाषामा रिलिज हुनेछ । यस अघि एस् एस् राजमौलीले ‘बाहुबली’ र ‘बाहुबली २’ सुपर हिट फिल्म निर्देशन गरेका थिए ।