फिल्म ‘चक्दा एक्सप्रेस’मार्फत बलिउड नायिका अनुष्का शर्माले ठुलो पर्दामा कम्ब्याक गरेकी छिन् l ३ वर्ष पछि शर्माले फिल्ममा कम्ब्याक गरेकी हुन् l महिला क्रिकेट टिमकी पूर्व कप्तान गुल्सन गोस्वामीको जीवनीमा निर्माण भएको फिल्ममा उनले गुल्सनको चरित्र निभाएकी छिन् l फिल्मको टीजर पनि रिलिज भैसकेको छ l टीजरमा अनुष्कासँगै २००८ को पृष्ठभूमिलाई देखाइएको छ l १९ वर्षको उमेरमै अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेकी गुल्सनले १५ वर्षको उमेरमै क्रिकेटमा प्रवेश गरेकी थिइन्।‘नेटफिल्क्स’मार्फत रिलिज हुने फिल्मलाई प्रोषित रोयले निर्देशन गरेका छन्। फिल्मको लेखन अभिषेक बनेर्जीको रहेको छ l