बायोपिक फिल्म बाट बलिउड अभिनेता रणवीर सिंह टाढिएका छन् l फिल्म '८३' का कारण सिंहले बायोपिक फिल्ममा अभिनय नगर्ने निर्णय लिएका हुन् l बायोपिक फिल्म '८३' मा काम गरेका रणवीरलाई पहिलो गासमै ढुङ्गा परेपछि उनी बायोपिक फिल्म बाट तर्किएको बुजिन्छ l भारतको ऐतिहासिक १९८३ विश्वकप क्रिकेट जितको कथामा आधारित रहेर बनाइएको फिल्म ‘८३’ ले बक्स अफिसमा आशातीत व्यापार गर्न सकेन् ।उनले फिल्म ‘८३’मा कपिल देवको भूमिका निर्वाह गरेका थिए l भारतिय संचारमा उल्लेख अनुसार उनलाई अहिले पनि थुप्रै बायोपिक फिल्मको अफर आएको छ l तर उनले कुनै पनि बायोपिकमा चासो देखाएका छैनन् l