फिल्म ‘पुष्पा : द राइज’ कोरोना महामारीयता सर्वाधिक कमाउने फिल्मको सुचीमा परेको छ l फिल्मले हाल सम्म यता नेपाली सिने हलमा  झन्डै १२ करोड रुपैयाँ ग्रस कमाइ गरेको छ । साथै विश्व बक्स अफिसमा चौथो हप्तासम्म ३२५ करोड ग्रस कमाइ गरेको छ ।  सुकुमार निर्देशित फिल्मले लाइफ टाइम वर्ल्ड वाइड कलेक्सन एक हजार करोड माथिको व्यापार गर्ने अनुमान भारतीय फिल्म विश्लेषकहरूले गरेका छन् । साउथका स्टाइलिस स्टार अल्लू अर्जुन र रश्मिका मन्दानाको फिल्ममा मुख्य भूमिका रहेको छ l फिल्म तमिल, तेलुगु, हिन्दी, मलयालम र कन्नड भाषामा निर्माण भएको छ l दुई भागमा निर्माण भएको फिल्मले आन्ध्र प्रदेशमा हुने रक्त चन्दन तस्करीको कथा भन्छ । यो फिल्मको दोस्रो पार्ट अर्को वर्ष रिलिज हुनेछ ।