भारतीय फिल्म ‘विक्रम वेधा’को फर्स्टलुक सार्वजनिक भएको छ । अभिनेता ऋतिक रोशनको जन्मदिनको अवसरमा निर्माण टिमले फिल्मको फर्स्टलूक्स सार्वजनिक गरेको हो l पोस्टरमा ऋतिक कालो चस्मा सहित कालो रङको सर्टमा देखिएका छन् l फिल्मलाई निर्देशक पुष्कर र गायत्रीले निर्देशन गरेका हुन् भने फिल्म तामिलको रीमेक हो l फिल्म एउटै निर्देशकले निर्देशन गरेका हुन् l फिल्मलाई टिसिरिज, रियलाइन्स इन्टरटेनमेन्ट, फ्राईडे फिल्मवर्क र वाई नट स्टुडियोको व्यानरमा निर्माण गरिएको छ l आगामी सेप्टेम्बर ३० को प्रदर्शनमा आउने फिल्ममा ऋतिक सँगै सैफ अली खान र राधिका आप्टेको पनि अभिनय रहेको छ l तामिल भर्सनमा विजय सेतुपथी र आर माधवनले मुख्य भूमिका निवार्ह गरेका थिए l