यही वर्ष फ्लोरमा जाने तयारीका साथ अभिनेता बिक्की कौसल र कट्रीना कैफ ‘जी ले जरा’ मा देखिने भएका छन् l रियल जोडी कैट्रीना र बिक्कीलाई एउटै स्क्रिनमा बाँध्ने फरहान अख्तरको योजना हो l तीन महिलाको भूमिका रहेको फिल्म यात्राको कथामा निर्माण हुनेछ । अभिनेत्री प्रियंका चोपडा, कैट्रिना कैफ र आलिया भट्टले फिल्ममा साइन गरी सकेका छन् l तर बिक्कीलाई भने अफर गरिएको हो l यदि विक्कीले सिनेमाको अफर स्वीकार गरेको खण्डमा विक्की र कैट्रिना विवाह पश्चात् पहिलो पटक स्क्रिन सेयर गर्नेछन् । फिल्म कथा निर्देशक जोया अख्तर र रीमा कागतीले मिलेर लेखिरहेका छन् ।