बलिउड फिल्म ‘द लेडी किलर’ निर्माण हुने भएको छ l नायिका भूमि पेड्नेकर र अभिनेता अर्जुन कपूरको जोडीमा फिल्म बन्ने भएको हो l अजय बहलले निर्देशन गर्ने यो फिल्म मार्फत अर्जुन र भूमिले पहिलो पटक पर्दामा जोडी बाँध्दै छन् । फिल्मलाई भूषण कुमार र शैलेश आर सिंहले निर्माण गर्दै छन् । निर्देशक अजय बहलले बलिउडमा ‘सेक्सन ३७५’ र ‘बीए पास’जस्ता फिल्म निर्देशन गरिसकेका छन् । उनले तापसी पन्नुको होम प्रोडक्सन ‘ब्लर’ फिल्म पनि निर्देशन गरिरहेका छन् । ‘द लेडी किलर’ एक थ्रिलर फिल भारतिय संचारमा उल्लेख छ l