रिलिज भएको २४ घण्टामा सबै भन्दा धेरै हेरिने फिल्मको सूचिमा ‘चन्डीगढ करे आशिकी’ परेको छ l नेट्फ्लिक्समा सर्वाधिक हेरिने फिल्मको सूचिमा पर्न सफल भएको हो l गत शुक्बार फिल्म रिलिज गरिएको थियो l अभिषेक कपुरले निर्देशन गरेको यो फिल्मले ट्रान्स जेन्डरको मुद्दालाई उठाएको छ । केही महिना अघि सिनेमा घरमा पनि प्रदर्शन भएको यस फिल्मले बक्स अफिसमा औसत व्यापार गरेको थियो l फिल्ममा आयुष्मान खुराना र वाणी कपुरको मुख्य भूमिका रहेको छ l