तापसी पन्नु अभिनीत फिल्म ‘लूप लपेटा’को ट्रेलर रिलिज भएको छ । आकाश भाटियाद्वारा निर्देशन रहेको फिल्मको ट्रेलर आज रिलिज गरिएको हो l फिल्ममा तापसी सँग ताहिर राज असीनको पनि मुख्य भूमिका रहेको छ l फिल्म फेब्रुअरी ४ मा नेटफ्लिक्समा रिलिज हुँदै छ ।

कमेडी जनरामा निर्माण भएको फिल्म एल्लिप्सिस एन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो l फिल्मको कथा डा.विनय चाँवल, केतन पेडगान्कर, आक्ष भाटिया र अर्नभ भेपा नान्दुरीले मिलेर लेखेका हुन् l